९४ तोलाको चाँदीको तार बोकेर हिँडेका समातिए

९४ तोलाको चाँदीको तार बोकेर हिँडेका समातिए

साथमा बील नभएको र स्रोत समेत देखाउन नसकेपछि मोरङमा एक जना ९४ तोला चाँदीको तारसहित समातिएका छन् । रतुवामाई नगरपालिका ३, छालगाछी बस्ने ३० वर्षीय धर्वेन्द्र शर्मा पक्राउ परेका हुन् ।

चाँदीको तार बोकेर ल्याइरहेको अवस्थामा प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा शर्मा पक्राउ परेका हुन् । चाँदीको बील, खरिदको स्रोत पुष्टि नभएपछि उनलाई समातिएको प्रहरीले बताएको छ ।

बरामद चाँदीसहित शर्मालाई आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय रानी, बिराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

टिप्पणीहरू