अफगानिस्तानमा विश्वकै ठूलो मानवीय संकट आउने राष्ट्रसंघीय चेतावनी

अफगानिस्तानमा विश्वकै ठूलो मानवीय संकट आउने राष्ट्रसंघीय चेतावनी

खाद्यान्नको चरम अभावले अफगानिस्तानमा विश्वको सबैभन्दा खराब मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अफगानिस्तान इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायतका देशलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको देश बन्नसक्ने चेतावनी दिएको हो ।

पछिल्लो आईपीसी मूल्याङ्कन (एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण) खाद्य असुरक्षाको मूल्याङ्कन गर्ने एक विश्वव्यापी मानकमा आधारित प्रतिवेदनमा जाडो मौसम शुरु हुँदै गर्दा खाद्यान्न अभावका कारण २ करोड २० लाख अफगान नागरिकले तीब्र जोखिमको सामना गर्नु पर्ने र ८० लाखले भोकमरीको आपतकालीन सामना गर्नु पर्ने जनाइएको छ ।यस्तै राष्ट्रसंघले १० लाख बालबालिका छिट्टै नै गम्भीर कुपोषणको जोखिममा रहेको उल्लेख गर्दै २० लाखभन्दा बढी मध्यमखालको कुपोषणको जोखिममा रहेको पनि चेतावनी दिएको छ ।

टिप्पणीहरू