५ लाख परिवारलाई १०-१० हजार राहत, वायुसेवाको नेतृत्वमा युवराज

५ लाख परिवारलाई १०-१० हजार राहत, वायुसेवाको नेतृत्वमा युवराज

सरकारले निरन्तर घाटा,आन्दोलन र अब्यस्थापनबाट थलिएको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बेलुका बसेको क्याबिनेट बैठकले त्यहीँबाट अवकाशप्राप्त इलामका अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि कर्मचारीहरुको आन्दोलनका कारण अस्तव्यस्त बनेको निगम नेतृत्वमा भित्रबाटै बुझेको व्यक्ति चाहिने भन्दै पर्यटनमन्त्री प्रेम आलेको ठाडो प्रस्तावमा क्याबिनेटले यस्तो निर्णय गरेको बताइएको छ । गीतकारसमेत रहेका अधिकारी निगमकै ११औं तहका अवकाशप्राप्त कर्मचारी हुन् । उनले दुई वर्षअघि अवकाश पाएका थिए ।

क्याबिनेटले कोरोना,बाढीलगायत प्राकृतिक विपदमा परेका अति विपन्न घरपरिवारलाई नगद राहत दिने कार्यविधि पनि पारित गरेको छ । क्याबिनेटले कार्यविधि पारित गरेसँगै ५ लाख अतिविपन्न परिवारले १० हजारका दरले सीधै राहत पाउने भएका छन् ।

टिप्पणीहरू