अर्काथरि न्यायाधीश छुट्टै छलफलमा

अर्काथरि न्यायाधीश छुट्टै छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र नेपाल बार एशोसिएशनका प्रतिनिधिहरुबीच वार्ता सकिएलगत्तै सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीशमाथि उठेका प्रश्नबारे छलफल गर्न आज गएको थियो । उक्त छलफलमा बारका प्रतिनिधिहरुले न्यायपालिकाकामाथि उठेका प्रश्नको सम्बन्धमा राणाको जवाफ मागेका थिए । उनीहरुले प्रधानन्यायाधीश राणालाई सुध्रिने वा बाटो खुला गर्ने एक विकल्प रोज्न सुझाएका थिए ।

प्रधानन्यायधीशले भने आफू सुधार गरेर जान तयार रहेको प्रतिवध्दता जनाउँदै बार र बेञ्चबीच विवाद चर्काउन नहुनेमा जोड दिएको त्यहाँ सहभागी बार प्रतिनिधिले बताएका छन् । थप छलफलका लागि प्रधानन्यायाधीश राणाले भोलि दिउँसो साढे १ बजे फुल कोर्टको बैठक बोलाउने बताउनुभएको थियो ।

फुलकोर्ट बोलाउने सूचना पाएलगत्तै न्यायाधीशहरु छलफलमा जुटेका हुन् । सर्वाेच्चको एनेक्स भवनमा अहिले छलफल जारी छ । बैठकमा न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई,दीपककुमार कार्की, हरिकृष्ण कार्की,मीरा खड्कालगायत सहभागी छन् । प्रधानन्यायाधीश राणा भने अनुपस्थित रहेको बताइएको छ ।

भोलिको फुलकोर्टमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा केन्द्रित रहेर छलफल भैरहेको बुझिएको छ ।

टिप्पणीहरू