हिजो एमालेको वडा अध्यक्ष,आज माओवादी

हिजो एमालेको वडा अध्यक्ष,आज माओवादी

नेकपा एमालेको हिजो सम्पन्न वडा अधिवेशनबाट अध्यक्ष चुनिएका सिन्धुपाल्चोकका एक नेताले पद अस्वीकार गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ का रुद्र सापकोटाले आफूलाई झुक्क्याएर अध्यक्ष बनाइएको भन्दै एमालेमा नरहने घोषणा गरेका हुन् ।

आज बिहानै विज्ञप्ति जारी गर्दै उनले एमाले कार्यकर्ताहरुले छलफलका लागि भनी बोलाएर अध्यक्ष बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् । सापकोटाले एमालेप्रति आफ्नो कुनै आस्था र विश्वास नरहेको पनि प्रस्ट पारे । उनले आफू नेकपा (माओवादी केन्द्र)मा आवद्ध रहेको भन्दै हालै नवीकरण गरेको माओवादीको सदस्यतासमेत सार्वजनिक गरेका छन् ।

‘एमालेका जिम्मेवार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरिसकेकोले सम्पूर्ण वडावासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

एमालेले हिजो देशैभर एकैसाथ गरेको वडा अधिवेशनमा सापकोटालाई चौतारा साँगाचोकगढी-४ बाट अध्यक्ष निर्वाचित भएको भनिएको थियो ।

टिप्पणीहरू