नेपाली सेना र परराष्ट्रको टोली बैंगलोर जान तयार

नेपाली सेना र परराष्ट्रको टोली बैंगलोर जान तयार

बिहिबार नेपाली सेनाको एउटा टोली बैंगलोर जाँदैछ । दुई पक्षीय परामर्श समूहअन्तर्गतको उक्त टोलीले भारतीय सेनासँग हुने वार्षिक आदानप्रदान र सहयोगको बारेमा विस्तृत छलफल र निर्क्यौल गर्ने बताइएको छ ।

अहिले हुन लागेको भ्रमण वर्षेनी हुने आदानप्रदानको निरन्तरता भएको सैन्य स्रोतको दाबी छ । कार्यक्रम कात्तिक १२ गते र १३ गते बैंगलोरमा हुन लागेको हो । तर,उक्त कार्यक्रममा जानको लागि टोली मोटामोटी गठन भए पनि मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छैन ।

सम्भवतः भोलिको क्याबिनेट बैठकले भ्रमण स्वीकृत गर्ने बुझिएको छ । अघिल्लो वर्ष कोभिडको कारणले रोकिएको उक्त आदानप्रदान कार्यक्रम यो वर्षदेखि फेरि शुरु हुन लागेको हो ।

टोली परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थ वाग्लेको नेतृत्वमा जान लागेको हो । टोलीमा सेनाका सहायक रथी दुई जना र अन्य दर्जाका छ जना गरेर कम्तिमा आठ जनाले प्रतिनिधित्व गर्दैछन् । त्यसमा विभिन्न विभागको प्रतिनिधित्व हुने बताइन्छ ।

उता (भारत) बाट पनि त्यत्तिकै संख्यामा प्रतिनिधित्व रहने बुझिएको छ ।

टिप्पणीहरू