देउवासँग हिजो रातिको आकस्मिक भेटमा ३ पूर्व प्रधानमन्त्रीको सुख दु:ख

देउवासँग हिजो रातिको आकस्मिक भेटमा ३ पूर्व प्रधानमन्त्रीको सुख दु:ख

हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन दलका नेताहरुको झण्डै पौने दुई घण्टा आकस्मिक भेट भएको छ ।

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा आधा घण्टा कुराकानी भएको थियो ।

बालुवाटारमा प्रधानमन्त्रीसँग, नेपाल,प्रचण्ड र जनता समाजवादीका नेता बाबुराम भट्टराईको भेटवार्ता भएको हो । भेटमा मूलतः प्रदेश नम्बर १ र बाग्मती प्रदेशको मुख्यमन्त्री र रिक्त उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री नियुक्तिबारे लामो छलफल गरिएको बताइन्छ ।

प्रदेश नम्बर १ र बाग्मती प्रदेशको मुख्यमन्त्री र रिक्त उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री नियुक्तिबारे लामो छलफल गरिएको बताइन्छ ।

विशेषगरी १ नम्बर र बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा उहाँहरुबीच सहमतिको लागि धेरै समय लागेको हो । अन्तमा दुबै प्रदेशमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री बनाउने थप सहमति भएको छ ।

छलफलको क्रममा प्रधानमन्त्री देउवाले बाग्मतीको मुख्यमन्त्री काङ्ग्रेस महाधिवेशनपछि लिने गरी हाल पूर्व गृहराज्यमन्त्री तथा सिमेन्ट साहुजी इन्द्र बानियाँलाई छाडिदिन नेपाललाई पटक पटक आग्रह गर्नुभएको थियो ।

“त्यही समाजवादीको कम तर निर्णायक संख्याले आफू प्रधानमन्त्री बनेको कुरोचाहिँ किन बिर्सेको ?”

गठबन्धनका सबै नेता नेकपा एकीकृत समाजवादीको पक्षमा भए पनि बागमतीको मुख्यमन्त्री काँग्रेसको हुनुपर्ने भनेर प्रधानमन्त्रीले केही बेर टाँग अड्याएको कारण बैठक लम्बिएको स्रोतको दाबी छ । एमालेको मुख्यमन्त्रीलाई हटाएर एकीकृत समाजवादीको मुख्यमन्त्री बनेको अवस्था राजनीतिक रुपमा सबैलाई सहज हुने नेपालको तर्क थियो ।

तर देउवाले प्रदेशसभामा सांसद संख्या देखाउँदै एकीकृत समाजवादीको ‘कम छ’ भन्ने तर्क दोहोर्याइरहनुभएको हो । प्रत्युत्तरमा अध्यक्ष नेपालले, ‘त्यसो हो भने त्यही समाजवादीको कम तर निर्णायक संख्याले आफू प्रधानमन्त्री बनेको कुरोचाहिँ किन बिर्सेको ?,’भनेर तर्क तेर्साएपछि उहाँ चुपचाप हुनुभएको खुमल्टार श्रोतले बतायो ।

हिजोको बैठकमा रिक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नियुक्तिबारेसमेत छलफल भएको थियो । सो क्रममा अध्यक्ष नेपालले उक्त मन्त्रालय आफ्नो दललाई दिन आग्रह गर्नुभएको हो । तर, त्यसबारे कुरो उठ्दा प्रधानमन्त्रीले आफूलाई अप्ठेरो परेकोबाहेक अरु केही नभन्नुभएको बताइन्छ ।

बालुवाटार बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशलाई भेट्नुभएको स्रोतको दाबी छ । उहाँ प्रधानन्यायाधीश राणालाई भेट्न सँगैको कम्पाउण्डमा पस्नुभएको थियो ।

टिप्पणीहरू