माधव नेपालसँगको भेटमा के कुरा भयो भारतीय राजदूतको ?

माधव नेपालसँगको भेटमा के कुरा भयो भारतीय राजदूतको ?

भारतीय राजदूत विनयमोहन क्वात्राले महन्थ ठाकुर,केपी ओली,बिष्णु पौडेल,हृदयेश त्रिपाठीकै हाराहारीमा केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमा पुगेर गरिएको भेटमा राजदूतले प्रारम्भमा सञ्चो बिसञ्चो र दशैंबारे सोधनी गरेका थिए ।

त्यसपछि क्वात्राले राजनीतिक विषय कोट्याएको बताइन्छ । भेटमा राजदूतको हालै सम्पन्न एक महिने स्वदेश भ्रमणलगायत दुई देशको सम्वन्धवारे सोधखोज भएको बताइन्छ ।

यसबीच चिनियाँ राजदूत हौ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको छ । त्यहि भेटको सेरोफेरोमा राजधानीमा आयोजित एक कार्यक्रममा चिनियाँ राजदूतले नेपालमा वामपन्थी दलहरुको एकताप्रति चीन र चिनियाँ जनताको सद्भाव रहेको सन्देश व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू