पाकिस्तानमा नेपाली गीत ‘भाइरल’

पाकिस्तानमा नेपाली गीत ‘भाइरल’

छिमेकी मित्रराष्ट्र पाकिस्तानकी गायिकाले नेपाली गीत गाएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । गायिका सारा राजा खानले एउटा कार्यक्रममा नेपाली गीत गाएको भिडियो चर्चित भएको हो । उनले पाकिस्तानी गायक तथा गीतकार गुलाम अलीले गाएको ‘गाजलू ती ठूला ठूला आँखा’ र ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली गीतहरू गाएकी थिइन् ।

कुटुमा कुटु सुपारी दाना मौलिक नेपाली गीत पछिल्ला दिनमा नेपाली जनजीब्रोमा समेत भुण्डिएको छ । नेपाली चलचित्र दुई रुपैयाँको उक्त गीत गायक /संगीतकार राजनराज शिवाकोटी, मेलिना राईलगायतले गाएका हुन् । चलचित्रकी नायिका भने स्वस्तिमा खड्का हुन् । साराले गीतलाई भावपूर्ण तरिकाले गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सारा पाकिस्तानी रियालिटी शो ब्राइट स्टारकी विजेता पनि हुन् । उनले ‘मेरे कातिल,मेरे दिलदार’ गीतबाट सर्वश्रेष्ठ मौलिक साउण्डट्र्याकको लागि सन् २०१३ मा पुरस्कार जितेकी थिइन् ।

https://www.youtube.com/watch?v=qMHkYKyc1aA

टिप्पणीहरू