बालुवाटारमा को बूढा, को बच्चा

कांग्रेसका एक जना बूढा अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीलाई बच्चा भनेपछि देउवा र पौडेल क्याम्पबीचको खाडल झन् गहिरिएको छ । संघीय निर्वाचनमा अर्थमन्त्रीले आफूलाई भनेजति खर्च नदिएपछि सबैभन्दा लामो समय अर्थ मन्त्रालय चलाएका कांग्रेस नेता रामशरण महतले यो रिस पोखेका हुन् । आफूले निर्वाचनताका सधैँ ठूलो रकम खर्च गरेर पार्टीलाई जिताउने गरेको उदाहरण नेताहरूको बसाइमा पेश गर्थे । कतिपयले आरजुले धनगढीमा किनेको घरका लागि ज्ञानेन्द्र कार्कीले नै रकमको जोहो गरिदिएको बताएका छन् ।

यसका लागि उनले नाम चलेको एक व्यापारिक घरानालाई करमा छुट दिएर यो रकम निकालेको पनि भन्ने गरेका छन् । ६५ वर्षमै वृद्धभत्ता दिने निर्णयपछि राष्ट्रियसभा निर्वाचनको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा रामशरणले अर्थमन्त्री कार्कीलाई झम्टिएका थिए । उक्त बैठकमा निर्णय ठीक भएको र यसले ओली सरकारलाई अप्ठ्यारोमा पार्नसक्ने बताइएसँगै बच्चा अर्थमन्त्री भनेर झम्टिएका थिए । महतले ‘तिमीलाई अर्थतन्त्र के थाहा छ ? कुन आधारमा देशलाई दीर्घकालीन यतिठूलो असर पार्नेगरी यो निर्णय ग¥यौ ? रकम कहाँबाट आउँछ यसरी ? यस्तो बच्चा निर्णयलाई लोकले के भनेको छ सुनेका छौ ?’ भनेर झम्टिएपछि अरू सदस्यले रोक्नुपरेको थियो ।

त्यही समय उनले अर्थमन्त्री कार्कीलाई हातमा डाडू पन्यू लिएर बसेको पार्टीले यसरी चुनाव हार्नुपर्ने अवस्था आउँदा पनि लाज नमान्ने अनि यस्ता वाहियात निर्णय गर्ने ? भनेर हप्काएका थिए । कार्कीले पनि बाँकी राखेनन् । निर्वाचन हारेको मैले हैन, तपाईंले गर्दा हो । मीनभवनमा वर्षाैँसम्म ज्येष्ठ नागरिकले वृद्धभत्ता र सहुलियत चाहियो भनेर अनशन बस्दा अर्थशास्त्रको यो र त्यो सिद्धान्त देखाएर देश सुडान हुन्छ भनी भत्ता दिन नमानेको तपाईंले होइन ? अनि पछि ओली सरकारले कसरी दियो त ? कहाँबाट ल्याएर दियो ? निर्वाचनका बेला वृद्धवृद्धाले कसरी हामीलाई नकारे, तपाईँलाई थाहा छ ? स्थानीय निर्वाचनको आह्वान गर्ने अनि यस्ता जनमुखी कार्यक्रमहरू दिनलाई बहाना र सिद्धान्त देखाउने, कसरी चुनाव जितिन्छ ? यति भन्दै कार्कीले तपाईं सबैभन्दा लामो समय अर्थमन्त्री भएको मान्छेले आखिर देशलाई के दिनुभयो ? किन पार्टी यो हालतमा पुग्यो ? भनेपछि डा.महत झनै रिसले चुर भएका थिए ।

टिप्पणीहरू