​जातेजाते अन्तिम जोगाड

राष्ट्र बैंकको सञ्चालक समितिमा पर्सि शुक्रबारदेखि एक जना सदस्यको पाँचवर्षे म्याद सकिँदै छ । केन्द्रीय बैंकको सञ्चालकमा अर्को एक जना कांग्रेसीलाई आकर्षक जागिर खुवाउने प्रपञ्चमा मुस्किलले एक साताको म्याद रहेको कामचलाउ सरकार अग्रसर भएको छ ।

०६९ फागुन ४ मा तत्कालीन बाबुराम भट्टराई सरकारद्वारा नियुक्त चार्टर्ड एकाउण्टेण्ट बालकृष्णमान सिंहको स्थानमा सम्भवतः बैंकबाट अवकाशप्राप्त अर्का एक जना कांग्रेसी कर्मचारीले नियुक्ति पाउने सम्भावना छ । वैशाखमा रिक्त दुई सञ्चालकमध्ये एकमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको सिफारिसमा बैंकका पूर्वकर्मचारी रामजी रेग्मीलाई नियुक्त गरेको थियो ।

वामपन्थीविरुद्ध आगो ओकल्ने रेग्मीको क्रियाकलाप पछिल्लो १० महिनामा निकै शंकास्पद देखिएको छ । हालै आगामी सरकारलाई नै अप्ठ्यारो पर्नेगरी कर्मचारी युनियनहरूसँग पहिलो पटक पाँच अर्ब रुपैयाँ र वार्षिक थप एक अर्ब रुपैयाँको व्ययभार पर्नेगरी महŒवाकांक्षी सुविधा प्याकेजमा सम्झौता गरेर उनी अष्ट्रेलिया हान्निएका छन् । सञ्चालक समितिमा यतिखेर गभर्नर नेपाल, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सञ्चालक रामजी रेग्मी र अर्थसचिव शंकरप्रसाद अधिकारीसहित बहुमत सदस्य कांग्रेसनिकट छन् । अब थप एक जना पनि कांग्रेस नियुक्त भएमा बैंकले नीतिगत निर्णय गर्ने महŒवपूर्ण निकायमा चारतारेको नै एकछत्र रहने अवस्था छ ।

टिप्पणीहरू