जबरजस्ती करणी गर्ने सत्याल अन्ततः जोगिएनन्

जबरजस्ती करणी गर्ने सत्याल अन्ततः जोगिएनन्

जबरजस्ती करणी गरेको आरोपमा ललितपुरको बागमती गाउँपालिका–१ धुसेलबाट एक युवा पक्राउ परेका छन् ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै बागमती गाउँपालिका–१ धुसेलका ३९ वर्षीय हरिशरण सत्याललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई घर बनाउने काममा लगाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी टिकाभैरवबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

टिप्पणीहरू