मनोज गजुरेलले कसे दोस्रो लगनगाँठो

मनोज गजुरेलले कसे दोस्रो लगनगाँठो

चर्चित हास्यकलाकार मनोज गजुरेलले आज दोस्रो विवाह गरेका छन् । गजुरेलले मानव सेवा आश्रममा खाना खुवाएर दोस्रो विवाह गरेका हुन् । गजुरेलले सामाजिक सञ्जालमार्फत् दोस्रो विवाह गरेको जानकारी गराएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।

गजुरेल र मञ्जुले आज बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको भन्दै सामाजिक सञ्जालमा जानकारी दिइएको छ । उनले लेखेका छन्, ‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवा आमालाई खाना खुवाएर खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद समेत दिएका छन् ।

यसअघि मीना ढकालसँग विवाह गरेका गजुरेलको सम्बन्धविच्छेद भएको हो ।

टिप्पणीहरू