४८ घण्टा पनि नटिकेको मन्त्री पद

४८ घण्टा पनि नटिकेको मन्त्री पद

अस्ति भर्खर नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिन लागेका छन् ।

आम आशंकावीच गलत बाटोबाट,गलत मानिसको नियुक्ति भएको भन्दै देउवा सरकारको चौतर्फी बिरोध शुरु भएको थियो ।

दशैँको मुखमा बार,बेन्च द्वन्द्व अझ बढ्ने र नागरिक समाज यसबाट आन्दोलनमा उत्रने स्थितिसमेत बन्दै गएको थियो ।

सत्तारुढ दलका शीर्षस्थ नेता र मन्त्रीहरुले नै यो नियुक्तिको बचाउ गर्दै आएतापनि सम्बन्धित ब्यक्ति स्वयंले अहिले बिहान पदत्यागको घोषणा गरेका हुन् ।

टिप्पणीहरू