कोरोनाबाट थप ११ जनाको ज्यान गयो

कोरोनाबाट थप ११ जनाको ज्यान गयो

आज मुलुकभर गत २४ घण्टामा ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ६७ जनामा पीसीआर तथा ५ हजार ८ सय ६३ जनामा एन्टिजेन गरी १२ हजार ३१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ११ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ । यसबीचमा ८ सय ९९ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार १ सय ६८ जना होम र १ हजार १ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय १७ जनाको आइसीयु र १ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३६ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू