नयाँ मन्त्रीलाई राखेर क्याबिनेटको पहिलो निर्णय

नयाँ मन्त्रीलाई राखेर क्याबिनेटको पहिलो निर्णय 

मन्त्रिमण्डल विस्तारसङ्गै हिजो बेलुका प्रधानमन्त्रीले सबैलाई राखेर संक्षिप्त बृफिङ्ग गर्नुका अलावा क्याबिनेट कमिटीहरुको जिम्मेवारी हेरफेरलगायत खर्च मितब्ययितासम्बन्धी निर्णय गराउनुभएको छ ।

पौने ७ बजेबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा १० मीनेट बसेको बैठकमा सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने,भदौ २५ गते गठित मन्त्रिपरिषदका समितिहरू पुनर्गठन गर्ने निर्णय मुख्यसचिव शंकर बैरागीले सुनाएलगत्तै मन्त्रीहरु आफ्नो जिम्मेवारीमा बहाली गर्न सिंहदरवारभित्र र बाहिर तितरबितर भएका थिए ।

सरकारका २२ मन्त्रालयमध्ये स्वास्थ्य मात्रै अहिलेसम्म पनि सिंहदरवार प्राङ्गणभन्दा बाहिर रामशाहपथस्थित सर्वोच्च अदालत र पुरातत्त्व बिभागको सामुन्ने छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा,उर्जामन्त्री पम्फा भुषाल,सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, भौतिक योजनामन्त्री रेणुकुमारी यादव,पर्यटन मन्त्री प्रेम आले,कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु,शिक्षा मन्त्री देवेन्द्र पौडेल,कृषि मन्त्री महिन्द्र राय यादव,महिला मन्त्री उमा रेग्मी,भूमि ब्यवस्थामन्त्री शशी श्रेष्ठ,शहरी विकास मन्त्री रामकुमारी झाक्री,उद्योग मन्त्री गजेन्द्रबहादुर हमाल,वनमन्त्री रामसहायप्रसाद यादव,श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सहभागिता थियो ।

टिप्पणीहरू