काठमाडौंमा चाडपर्वलक्ष्यित खोप कार्यक्रम शुरु

काठमाडौंमा चाडपर्वलक्ष्यित खोप कार्यक्रम शुरु

काठमाण्डौ महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथि सबै उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने कार्यक्रम आजबाट शुरु गरिएको जानकारी दिनुभएको छ । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगत ३२ वटा वडाको ३४ स्थानबाट लगाउने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका कारण भीडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढ्ने भएकाले त्यसैलाई मध्यनजर राखेर खोप कार्यक्रम सन्चालनमा ल्याइएको महानगरले जनाएको छ । कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था गरिने पनि बताउनु भयो ।

उहाँले पहिलो चरणको भेरोसेल खोप लगाउनेहरुलाई दशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाइने जानकारीसमेत दिनुभयो । परिचयपत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा खोप लगाउन पाउनेछन् ।

टिप्पणीहरू