प्रधानमन्त्री निवासमा यसरी राखियो जमरा

प्रधानमन्त्री निवासमा यसरी राखियो जमरा

बिजया दशमीको पहिलो दिन आज घर घरमा जमरा राखिएको छ । दशमीको दिन टिकासँग शीरमा लगाइने जमराको भिन्दै महत्व रहन्छ । हिन्दू संस्कार र संस्कृतिबमोजिम आज मठ मन्दिर तथा घरमा जमरा रोप्ने चलन छ ।

यही अवसर पारेर आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जमरा राखिएको छ । केही समयअघि जमरा राखिएको तस्बिर  प्रधानमन्त्री पत्नी आरजु राणा स्वयंले सामाजिक सञ्जाल फेसबुकमार्फत सावर्जनिक गर्नुभएको हो । उहाँको पोस्टमा बिजया दशमीको शुभकामना भन्दै झण्डै हजार प्रतिकृया आएका छन् ।

टिप्पणीहरू