रिजुको घरमा जुवाको खाल,एकै रातमा मालामाल

रिजुको घरमा जुवाको खाल,एकै रातमा मालामाल

प्रहरीले काठमाडौँको बाफलबाट भुक्तानीका लागि काटिएको चेकसहित १९ जना जुवाडे समातेको छ। बाफलस्थित रिजु श्रेष्ठको साढे २ तल्ले पक्की घरमा जुवा तास खेलिरहेका उनीहरुलाई २ लाख ८६ हजार ६५ नगदसहित प्रहरीले पक्रेको हो ।

कालिमाटी वृत्तका डिएसपी अपिलराज बोहरा नेतृत्वको टोलीले सुराकीका अधारमा उनीहरुलाई समातेको बताइन्छ । पक्राउ परेका जुवाडेको साथबाट ७ बुक तास,१२ थान रातो,१८ थान सेतो,३२ थान कालो,६१ थान नीलो गरी १ सय २३ थान क्विन, ३३ थान कौडा र १ थान तन्ना बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु,अमिर लामा वाईवाको नामको १ थान चेकबुक,संयम कन्सट्रक्सनको नाममा काटिएको २४ हजारको चेक र एस एण्ड एस निर्माण सेवाको नाममा काटिएको २४ हजारको चेक बरामद गरेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू