​कस्ता कस्ता कन्फिडेन्स

बैंकक जानुअघि एमाले अध्यक्ष केपी ओलीले प्रचण्डसँग संवादको बेलिबिस्तार लगाउँदै पार्टीका नेताहरूलाई सुनाए, ‘उहाँको बडी ल्याङ्वेज हेर्दा पहिलाभन्दा बढी प्रतिबद्ध पाएँ । यो हिसाबले हेर्दा अबचाहिँ पार्टी मिल्ने कुरामा ढुक्क छु ।’

त्यसैमा माधव नेपालले करेक्सन गराउँदै भने, ‘पहिलाजस्तो गडबड नहोस् । यस्तो कन्फिडेन्स स्थायी होस् ।’ उनले ‘पहिलाजस्तो’ भनेर ओलीलाई सम्झाउन खोजेको प्रसंग हो, ६०÷४० का हिसाबले चुनावमा जाने र सूर्य चिह्नमै उम्मेदवार खडा गर्ने सहमति एक दिन पनि नटिकेको । भोलिपल्टै माओवादीले आफ्नै चिह्नमा चुनाव लड्ने भनेको । माधवले त्यस्तो घटना नदोहोरिने कुरामा सचेत हुन आग्रह गर्दै सोधे, ‘त्यसबेला दुईटा अध्यक्षले सही गरेको सहमतिको कागज खै ?’ 

‘खै कहाँ हराएँ, हराएँ !’, ओलीले भने । माधवले ‘पहिलाको कुरालाई ख्याल गरेर, अब धोका हुन्न भन्ने कुराको ग्यारेण्टी गरेर  जाऔँ’ भने । ओलीका अनुसार, पार्टी एकताका लागि माओवादीको तल्लो तहका नेता–कार्यकर्ता एकदमै उत्साहित छन् । तर, माथिल्लो तहलाई आफ्नो पोजिसनको पिर छ । माओवादीसँग ४५ सय सदस्यीय केन्द्रीय कमिटी छ, तर एमालेको जम्मा डेढ सय सदस्यीय मात्र । यसलाई व्यवस्थापन गर्न पनि चुनावताका प्रतिशत तोकेर यतिमात्र ल्याऊ भनिदिए पुग्छ भन्ने कतिपयको ठम्याइ छ । 

टिप्पणीहरू