गाउँमा पस्यो पुलिस,गाँजाखेती भसक्कै

गाउँमा पस्यो पुलिस,गाँजाखेती भसक्कै

मकवानपुर प्रहरीले अवैधानिक गाँजा खेतीलाई निरुत्साहित गर्न बिरुवामै फँडानी गर्ने अभियान शुरु गरेको छ । हरेक बर्ष प्रहरीले यस्तो अभियानलाई निरन्तरता दिने गर्छ, तर अभियान पूर्ण रुपमा सफल भने हुन सकेको छैन ।

असोज १७ गते जिल्लाको दुर्गम गाउँ कैलाश र राक्सिराङ उक्लेको प्रहरी टोलीले २७ बिगाह ८ कट्ठा क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको छ भने ४ कट्ठाको गाँजा ब्याड नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

राक्सिराङ गाउँपालिकाका केही भाग र कैलाश गाउँपालिकाको वडा नं ३ र ४ अर्थात साबिक कालिकाटार गाविसतर्फ प्रहरीको पाइला बढेको थियो । यो क्रमले निरन्तरता पाउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू