आज निको हुने र संक्रमित उस्तै, १० को मृत्यु

आज निको हुने र संक्रमित उस्तै, १० को मृत्यु

आज मुलुकभर गत २४ घण्टामा १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९३ जनामा पीसीआर तथा ४ हजार ९ सय ८१ जनामा एन्टिजेन गरी १० हजार ८ सय ७४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १० जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ । यसबीचमा १ हजार जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ हजार ५ सय ३४ जना होम र १ हजार १ सय ५२ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ५१ जनाको आइसीयु र १ सय १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ४१ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू