​धोखा दिनेलाई के भनम् र खै

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा जारी रहेको अधिकतम दौडले यतिखेर सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई निल्नु न ओकल्नुको अवस्थामा पु¥याएको छ । उक्त समितिका लागि तीन जनाको नाम

पत्रकार दिवाकर मैनाली, गंगाधर पराजुली र इन्द्र रिजालको नाम सिफारिस भएको हो । मैनालीको नाम एक नम्बरमा भए पनि रेडियो नेपालका पत्रकार समिरजंग शाहको कारण उक्त नियुक्तिका लागि मन्त्रीलाई अप्ठ्यारो परेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवासमक्ष समिरले पोखराका गंगाधर पराजुलीको सिफारिस गरेका छन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले भने पराजुलीले पोखरामा सम्पन्न महाधिवेशनमा आफूलाई सहयोग नगरी संस्थापनपक्षीय कोइरालाका उम्मेदवारलाई सघाएको र यसअघि पनि मीनेन्द्र रिजाल सञ्चारमन्त्री हँुदा राससमा सञ्चालक नियुक्ति खाएकाले नयाँलाई अवसर दिनुपर्छ भनेका छन् । मन्त्रीले मैनालीलाई नै नियुक्ति दिन खोजे पनि उनलाई भानु देउवाको फोनले अप्ठ्यारो पारेको बताइन्छ । पोषण केसीको कार्यकाल सकिएपछि सो पद केही महिनादेखि खाली छ ।

उता, रासस अध्यक्ष कुलचन्द्र वाग्लेहरू भने गंगाधरले धोखा दिएको भन्दै उनलाई कुनै पनि हालतमा नियुक्त नगर्न मन्त्रीकहाँ पुगेका छन् । गंगाधर पराजुलीले मीनेन्द्रको पालामा नियुक्त भएकै शैली अपनाउँदै १० दिन कार्यकाल बाँकी छँदै राससबाट गत असार २२ गते पोखराका माओवादी पत्रकार त्रिभुवन पौडेलमार्फत राजीनामा पठाएका र देउवा प्रधानमन्त्री भएकै दिन आफू जाँदाजाँदै सञ्चारमन्त्री राम कार्कीले डिल्लीराम भट्टराईलाई उक्त ठाउँमा नियुक्त गर्न पाएका थिए । पराजुलीले एकदिन मात्र राजीनामा नदिएको भए बस्नेत नै सञ्चारमन्त्री आएपछि कांग्रेसलाई  ठाउँ मिल्ने थियो । 

यता, अध्यक्ष वाग्लेलाई हटाएर अर्काे चार वर्षका लागि कांग्रेसकै एक जना पत्रकारलाई ल्याउने भन्दै प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार लागेको भए पनि उनको योजना अलपत्र परेको छ । राससमा वाग्लेको अवधि असारसम्म मात्र छ । माओवादीले महाप्रबन्धकमा चार वर्षका लागि ६ महिनाअघि नियुक्त गरेको र वाग्ले गएपछि अध्यक्ष पनि वामपन्थी नै आउने निश्चितप्रायः छ । लमजुङका परियारले तनहँुसँग बदला लिन यस्तो योजना बनाएको भन्दै वाग्ले मन्त्रीकोमा हारगुहार गर्न गएपछि यो योजना फेल भएको बताइन्छ । मन्त्रीले अब विज्ञापन गरेर नयाँ नियुक्ति गर्न पनि नभ्याउने भनेपछि यो योजना यसै विफल भएको सहयोगीहरू बताउँछन् । 

टिप्पणीहरू