२४ वर्षे ठिटोले १४ वर्षीयालाई प्रेमको नाटक गरेर भारत पुर्याए

२४ वर्षे ठिटोले १४ वर्षीयालाई प्रेमको नाटक गरेर भारत पुर्याए

१४ वर्षीया बालिकालाई प्रेमको नाटक गरेर पर्वतका एक जना २४ वर्षे युवाले बेचबिखन गर्ने उद्देश्यसहित नेपाल–भारतको सिमाना कटाएर जोगबनी पुर्याएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा अहिले ती युवा पक्राउ परेका छन् । बालिका बेचबिखनको आरोप लागेका पवर्तको मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई प्रहरीले समातेको हो ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक र अन्य प्रलोभनमा पारी नेपाल भारत सिमानाको भारतीय शहर जोगबनी पुर्याएका थिए । तर प्रहरीले उनलाई पर्वतको कुश्मा नगरपालिका ६, शिवालय चोकबाट पक्राउ गरेको छ ।

भण्डारीसँगै अरुको पनि संलग्नता रहेको आशंका भएकाले अरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका निरिक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । हाल ती किशोरीलाई अभिभावकको जिम्मा लगाइएको पनि अधिकारीले जानकारी दिनुभएको छ ।

भण्डारीविरुध्द मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू