​यिनलाई चाहिँ लाग्दैन आचारसंहिता

एमाले–माओवादीले पनि मनमोहन र बिएमी अस्पतालबाट स्वास्थ्य शिविर चलाए भै गयो नि । मैले नोबेल अस्पतालबाट चलाउँदा किन आरिस ? शिविर चलाउँदैमा निर्वाचन आचारसंहिता लाग्दैन । म ढुक्कले चलाउँछु । आरिस गर्नेले शिविर चलाउन नभ्याएमा तेह्रथुमतिर फलेको अलैँची ल्याएर वितरण गरे भयो, म आपत्ति जनाउँदिन ।

२० कात्तिकमा प्रेस युनियन मोरङले कांग्रेसबाट उम्मेदबार बनेकाहरूको परिचय र एजेण्डा बारे प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम राखेको थियो । कार्यक्रममा मोरङ ३ नम्बर क्षेत्रबाट उठेका सुनिल शर्मा यसरी कुर्लिए । उनले विजयी भएको तीन वर्षभित्र आफ्नो क्षेत्रका चारसय जनालाई रोजगारी दिने र सबै मतदाताको एक लाखको स्वास्थ्य बिमा गराउने कसम पनि खाए । ३ नम्बर क्षेत्रमा वर्षौंदेखि सुकुम्बासी समस्या विकराल छ । शर्माले सबैभन्दा पहिले सुकुम्बासी समस्या हल गर्ने मात्र भनेनन्, सबै ठूला सडकलाई कालोपत्रे गरिदिने प्रतिबद्धता पनि जनाए । 

स्थानीय तहमा सबै नगर र गाउँपालिकामा एमालेले जितेकाले भानुभक्त ढकालले चुनाव जित्नेमा दुई मत छैन । सञ्चालक शर्माले चुनावी क्षेत्र ३ नम्बरअन्तर्गतको बेलबारी, पथरी शनिश्चरे, कानेपोखरीलगायत स्थानमा धमाधम स्वास्थ्य शिविर सञ्चालन गराइरहेका छन् । उनले शिविरमा आउने बिरामीहरूलाई नर्मल टेस्ट जाँचहरू समेत फ्रि गरिदिने गरेका छन् । 

टिप्पणीहरू