एकेजिबीका अर्जुन पनि सभापतिको दौडमा

एकेजिबीका अर्जुन पनि सभापतिको दौडमा

सोमबार ७४ औं जन्मदिन मनाएका काँग्रेस नेता अर्जुननरसिंह केसीले भोलिपल्ट पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् ।

हिजो आयोजित पत्रकार सम्मेलनमा केसीले संस्थापन इतर समूहले सहमतिमा सभापतिको एकल उम्मेदवार दिन नसके आफू पनि उठ्ने उद्घोष गरेका हुन् ।

आफ्नो दायाँ र बायाँ दुई भाइलाई राखेर पत्रकार सम्मेलन गरेका केसीले सहमतिमा एकल उम्मेदवार हुँदा जो भए पनि आफूले स्वीकार्ने बताए । पार्टीमा लामो समयसम्म तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र रहेका केसी कुनै बेला निकै शक्तिशाली नेता मानिन्थे ।

सह महामन्त्री र प्रवक्ताको भूमिका निर्वाह गरिसकेका उनीसहितको समूहलाई कुनै समय एकेजिबी समेत भनिन्थ्यो । खुमबहादुर खड्का, गोविन्दराज जोशी,बलबहादुर केसी र अर्जुनको उक्त समूहले कुनै समय असिमित शक्ति प्रयोग गरेको आरोप लागेको थियो ।

हाल खड्काको निधन भइसकेको छ । जोशी कारबाहीमा छन् भने बलबहादुर र अर्जुन अझै नेतृत्वको दौडमा लागेका छन् ।

टिप्पणीहरू