ऐतिहासिक परिवारमा कलुषित काण्ड

ऐतिहासिक परिवारमा कलुषित काण्ड

नेपालमा एकताकाका चर्चित प्रधानमन्त्री भीमसेन थापाको सन्तानका सेक्स स्क्याण्डल कहिल्यै नसेलाउने भयो । कहिले ससुरा बुहारी, कहिले नातिनी हजुरबाउ, दाजुबैनी, काका भतिजीका मात्रै हैन घरमा छोरी बनाएर पालिएकी बालिकामाथिको यौन दुराचार काण्डले लमजुङमा राम्रै बजार पाइरहेको बेला अर्को काण्डले बजार गर्माएको छ ।

आरोपितले लगाएको आरोपमा सत्यता नहुन सक्छ । तर भीमसेन थापाकै सन्तान भित्र किन बारम्बार यस्तै काण्ड मच्चिन्छ ? अचम्मको विषय छ । पछिल्लो समय भैरव मावि राइनासमा अध्यापन गराउने २७ वर्षीय शिक्षक प्रकाश थापा सोही स्कुलकी कक्षा ८ मा अध्यनरत छात्रा र नातामा भतिजीलाई स्कुल परिसरमै करणी गरेको आरोप लागेर भदौ १४ गतेदेखि जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा छन् । अर्का आरोपी नेपाली सेनाका अवकाशप्राप्त जमदार अर्जुनविक्रम थापा २३ दिनको हिरासतपछि ३ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

पीडित भनिएकी बालिकाले २०७७ माघमा कोदोको नल काट्न जाँदा तिर्खा लागेर पानी पिउन भनी अर्जुनको घरमा गएको, र निजको श्रीमती पनि माइती गएको मौका छोपी आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । अर्का आरोपित प्रकाशलाई भने ती बालिकाले चैत २४ गते बलात्कार गरेको भनी भदौ १ गते दिएको उजुरीमा उल्लेख छ । कुरा गएको जेठमा उब्जियो । तत्कालीन डीएसपी गंगाबहादुर कार्कीले तत्काल आरोपित शिक्षकलाई पक्राउ गरे ।

तर पीडितले आफ्नै अभिभावक र प्रहरीको सामु शिक्षकमाथि चलाइएको हल्ला मित्या भएको लिखित र रेकर्डिङ दुवै बयान गरेकी छन् । राइनास नगरपालिकामा प्रसिद्धि कमाउँदै गएका मेयर सिंहबहादुर थापालाई सेक्न रचिएको प्रपञ्चमा महिला आयोग, मानवअधिकारवादी मात्र हैन गण्डकी प्रदेशका डीआईजी दिवेश लोहनीसमेत गुमराहमा परे ।

जबर्जस्ती करणीको आरोप पनि अचम्मका छन् । सशस्त्र क्याम्प बेसीशहर –३ रानीकुवा नजिक सुमन होटल बेसीशहरमा लोग्ने स्वास्नी बनेर बसेकी गिलुङ घर भई हाल सुन्दरबजार खत्रीठाँटीमा बसोबास गर्ने सुनार थरकी युवतीले लोग्ने स्वीकार गरेकी सुनपा–९ का १८ वर्षका कँडेल थरका युवकलाई जक मुद्दा ठेलेपछि युवक भदौ १८ गतेदेखि हिरासतमा छन् ।

टिप्पणीहरू