मन्त्री थपिने बाटो खुल्नै लाग्यो

मन्त्री थपिने बाटो खुल्नै लाग्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । साँझ ४ बजेको बैठकले दलसम्बन्धी अध्यादेश फिर्ताको निर्णय गर्ने बताइएको छ।

अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ गठवन्धनको सहमतिअनुसार आज क्याबिनेट बोलाएर अध्यादेश फिर्ता लिन लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारले राजनीतिक दल विभाजनलाई सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । त्यसैका आधारमा एमालेबाट बिद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी गठन भएको छ ।

तर,अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद् विस्तार हुँदा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी फुट्ने र फिर्ता लिँदा एकीकृत समाजवादीविरुद्ध अदालतमा रहेको मुद्दामा असर पर्ने भएपछि क्याबिनेट विस्तार रोकिएको थियो ।

टिप्पणीहरू