हुम्लामा देखिएको जाली के होला ?

हुम्लामा देखिएको जाली के होला ?

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्सासम्म चीनसँग सीमाना जोडिएको क्षेत्रको स्थलगत अध्ययन गर्न गठित कार्यदलले हिजो प्रतिवेदन बुझाएको छ ।

भदौ १६ गतेको क्याबिनेट बैठकबाट गठित कमिटीले हिजाे मन्त्रीसमक्ष बुझाएको प्रतिवेदनमा सीमालगायतका द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह,संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान गर्न सुझाव प्रस्तुत गरेको गृह मन्त्रालयले जानकारी गराएको छ ।

तर प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे मन्त्रालयले कुनै संकेत गरेको छैन । नेपालको भूमि चीनले मिचेको भन्दै काङ्ग्रेस उपसभापति बिमलेन्द्र निधीले कुरा उठाएपछि गठित कार्यदलले दिएको प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, सामाजिक,सांस्कृतिक,भौतिक पूर्वाधारलगायतका विषयलाई समेटिएको तर किटानीसाथ केही पनि नबोलिएको स्रोतले बताएको छ ।

रिपोर्टमा सीमानामा लगाइएको मार्कर र पिल्लरको अवस्था ठीक रहेको उल्लेख छ । हुम्लासँग जोडिएको सीमानाको १० (टेन) यार्डस् (दश गजा) क्षेत्रका केही ठाउँमा जाली राखेको जस्तो देखिएको भनिएको छ । तर त्यो जाली के हो ? कहाँ राखिएको हो ? के प्रयोजनको लागि भन्ने केही पनि खुलाइएको छैन ।

टिप्पणीहरू