महामारीमा पनि बेइजिङको नयाँ विमानस्थल व्यस्त

महामारीमा पनि बेइजिङको नयाँ विमानस्थल व्यस्त

चीनको राजधानी बेइजिङको नयाँ विमानस्थल सञ्चालनको दुई वर्षमा निकै व्यस्त हुन थालेको छ । बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर हिजोसम्म झण्डै ३ करोड ९० लाख यात्रुले यात्रा गरेका छन् ।

उक्त विमानस्थल सञ्चालनमा आएको हिजो दुई वर्ष पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार दुई वर्षमा उक्त विमानस्थलले ३ करोड ८९ लाख ४० हजार यात्रु र २ लाख १५ हजार ४ सय टन कार्गो ओसारेको छ । यसबीच ३ लाख १४ हजार ६ सय फ्लाइट उडान र अवतरण भएको छ ।

नयाँ विमानस्थलमा २६ वटा आन्तरिक वायु कम्पनीले १ सय ४५ वटा आन्तरिक रुटमा उडान गर्दै आएका छन् । जसले १ सय ३५ वटा चिनियाँ शहर र क्षेत्रलाई जोडेको बताइन्छ ।

बेइजिङमा अर्को व्यस्त बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पनि छ । उक्त विमानस्थलमा तीन वटा टर्मिनल छन् । जसमा वार्षिक १० करोडभन्दा बढी यात्रुले ओहोरदोहोर गर्छन् ।

५ लाख ९४ हजारभन्दा बढी उडान हुने गरेको छ भने १९ लाख ५५ हजारभन्दा बढी टन कार्गोसमेत ओसारपसार गर्छ ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू