गौशालामा गैंडाको खाग फेला पर्यो

गौशालामा गैंडाको खाग फेला पर्यो

काठमाडौंको गौशालामा गैंडाको खाग बोकेर हिँडेका एकजना समातिएका छन् । ४५ ग्राम तौल भएको गैंडाको खागसहित लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेत पक्राउ परेका हुन् ।

उक्त क्षेत्रमा गैंडाको खाग र अन्य वन्यजन्तुको आखेटोपहारको अवैध ओसारपसार तथा बेचबिखन हुने गरेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बस्नेतलाई खागसहित पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको छ ।

टिप्पणीहरू