कोरोनाबाट ६ को निधन, १४ सय बढी संक्रमित

कोरोनाबाट ६ को निधन, १४ सय बढी संक्रमित

मुलुकभर आज १ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाको कारण थप ६ जनाले ज्यान गुमाएका छन् । यसबीचमा १ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

आज गरिएको ११ हजार ६७ जनाको पीसीआर र २ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षणबाट उक्त संख्या देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेको छ । तीमध्ये ७ लाख ५५ हजार ६ सय ३० निको भएका हुन् ।

प्राप्त विवरणअनुसार अभैm पनि मुलकभर २१ हजार १ सय ३९ जना सक्रिय संक्रमित छन् । तीमध्ये १९ हजार ८ सय ५ जना होम र १ हजार ३ सय ३४ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये ३ सय ३४ जनाको आइसीयु र १ सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू