बारामा ५ केजी गाँजा बेच्न ५ जना तयार

बारामा ५ केजी गाँजा बेच्न ५ जना तयार

निजगढ नगरपालिका ११, तामागढी सडकमा ५ केजी गाँजा बोकेर हिँडेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका १६ बस्ने ३७ वर्षीय ठाडाबहादुर दर्लामी र निजगढ नगरपालिका १२ बस्ने २४ वर्षीय बुध्दिलाल पाख्रिन छन् ।

प्रदेश २–०३–००४ प ४४४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट गाँजा फेला परेको हो ।

पक्राउ परेकाहरुले गाँजा ओसारपसारमा अन्य तीन जनाको समेत संलग्नता रहेको पोल खोलेपछि तत्काल थप तीन जना समेत समातिएका हुन् ।

टिप्पणीहरू