आज पनि संक्रमित र मृत्यु हुनेको संख्या उस्तै

आज पनि संक्रमित र मृत्यु हुनेको संख्या उस्तै

विगत केही दिनदेखि मुलुकभर कोरोना संक्रमित र मृत्यु हुनेको संख्या उस्तै देखिएको छ । आज मुलुकभर १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको कारण पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६५ जनामा पीसीआर तथा ३ हजार ७ सय २० जनामा एन्टिजेन गरी १२ हजार ३ सय ८५ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा १ हजार ३ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मुलुकभर २५ हजार ४ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

हिजो मुलुकर १ हजार ५ सय ११ जना संक्रमित र ११ जनाको निधन भएको थियो ।

टिप्पणीहरू