बादललाई माओवादको ‘एलर्जी’

बादललाई माओवादको ‘एलर्जी’

माओवादी केन्द्रका पूर्वनेता तथा हाल एमाले स्थायी समिति सदस्य रामबहादुर थापाले जनताको बहुदलीय जनवाद नै राष्ट्रवादी आन्दोलनको नयाँ स्वरुप भएको बताएका छन् ।

आज राजधानीमा आयोजना भइरहेको एमाले काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा कम्युनिष्ट आन्दोलनको इतिहासबारे प्रशिक्षण दिने क्रममा थापाले यस्तो विचार व्यक्त गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनको इतिहासलाई विस्तृत तवरबाट प्रस्तुत गर्ने क्रममा थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा माओवाद,माओवादी र जनयुद्धको नाम पनि लिएनन् । पटक पटक नेपाली कम्युनिष्ट इतिहासको पाना पल्टाएको शैलीमा सम्बोधन गरेका थापाले कहिँ कतै माओवादीको ‘म’ पनि उच्चारण गरेनन् ।

इतिहासको चर्चा गर्ने क्रममा उनले एकता केन्द्रसम्म पुगे पनि त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलनलाई अन्यत्रै जोडेका थिए । तर,सम्बोधनमा पुष्पलाल,मदन भण्डारी र मनमोहनको नाम पटक पटक उच्चारण गरे पनि थापाले माओवादी आन्दोलन र उक्त पार्टीको ‘न्युक्लियस’ बारे कुनै संकेतसमेत गरेनन् ।

टिप्पणीहरू