एकीकृत समाजवादीलाई ठूलो पार्टी बनाउने कमरेडहरुको अठोट

एकीकृत समाजवादीलाई ठूलो पार्टी बनाउने कमरेडहरुको अठोट

नवगठित नेकपा एकीकृत समाजवादीले आज ललितपुरमा काभ्रेका कार्यकर्ताको भेला राखेको छ । ललितपुरको बालकुमारीस्थित रोज ब्याङ्क्वेटमा तेमाल–काठमाडौं सम्पर्क मञ्चले कार्यकर्ता भेला बोलाएको हो ।

भेलालाई पार्टीका नेता मेटमणि चौधरीले सम्बोधन गर्नुभएको छ । सम्बोधनको क्रममा चौधरीले भन्नुभयो, ‘हामी जे जति छौं, कम्युनिष्ट विचारधारा र विधानमा अडिग छौं । सत्यको बाटो रोजेका छौं त्यसैले नेकपा एकीकृत समाजवादीको भविष्य उज्ज्वल छ ।’

उहाँले आगामी निर्वाचनमा अन्य पार्टीसँग कार्यगत एकता गरेर जाने र सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने सम्भावना पनि उहाँले औंल्याउनुभयो । उहाँको भनाई छ, ‘यदि त्यसो भएन भने पनि चुनावी गठबन्धन गर्ने सहमति अवश्य हुन्छ । त्यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादीलाई ठूलो पार्टी बनाएरै छाड्छौं ।’

त्यस्तै, काभ्रेका पूर्वसभापति कृष्णप्रसाद सापकोटा, सम्पर्क मञ्चका अध्यक्ष प्रदीपकुमार लामा, पार्टीका काभ्रे जिल्ला सचिव टोकबहादुर वाइवा, वाग्मती प्रदेश सदस्य रामचन्द्र पौडेल, जिल्ला सदस्य पासाङ डोल्मा लामा, सिजन लामा, विरमान लामालगायत झन्डै डेढ सय कार्यकर्ता भेलामा सहभागी रहेको बताइएको छ ।

टिप्पणीहरू