लमजुङका गुरुङ साढे ४ किलो शिलाजित र यार्सागुम्बा बोकेर काठमाडौंमा

लमजुङका गुरुङ साढे ४ किलो शिलाजित र यार्सागुम्बा बोकेर काठमाडौंमा

प्रमाण पुग्ने कागजपत्र नबोकी करिब ४ किलो ६ सय ग्राम शिलाजित र करिब ९५ ग्राम यार्सागुम्बासहित काठमाडौं छिर्न लागेका एक जना आज थानकोटमा समातिका छन् । लमजुङको भुजुङ गाउँपालिका ४ बस्ने २७ वर्षीय देउबहादुर गुरुङलाई प्रहरीले शिलाजित र यार्सागुम्बासहित पक्राउ गरेको हो ।

लमजुङ बेशीसहरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१०५ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्ने क्रममा सोही सवारी साधनमा सवार गुरुङले झोलाभित्र लुकाई ल्याएको अवस्थामा उक्त वस्तु फेला परेको हो ।

गुरुङलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

१७ वर्षीया किशोरी ३ जनाबाट बलात्कृत

दाङमा १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी भएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय बिनाराम मर्साङी रहेका छन् ।

तीजको नाच हेरेर फर्किरहेकी किशोरीलाई उनीहरुले स्थानीय एक्लाबर नजिकको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।

किशोरीमाथि सामूहिक करणीको सूचना पाएपछि प्रहरीले उनीहरुलाई तत्काल पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू