कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै, २१ जनाको निधन

कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै, २१ जनाको निधन

मुलुकभर कोरोना संक्रमित र मृतकको संख्या खासै उकालो लागेको देखिँदैन ।

पछिल्लो सातादेखि तुलनात्मक रुपमा संक्रमितको संख्या ओरालो लागेको हो । यहि क्रममा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

सोध अवधिमा १ हजार १ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ८ हजार ५ सय ४९ जनामा पीसीआर तथा २ हजार ३ सय ६७ जनामा एन्टिजेन गरी १० हजार ९ सय १६ जनामा परीक्षण गरिँदा ती संक्रमित थपिएका हुन् ।

यसबीचमा १ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार मुलुकभर अझै पनि २७ हजार ९ सय ५८ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू