प्रधानमन्त्रीकै जिल्लामा पेलपाल शुरु

प्रधानमन्त्रीकै जिल्लामा पेलपाल शुरु

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादका वीच वडा अधिवेशन शुरु भएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवावीच व्यापक विवाद रहेको छ ।

शुरु भएको वडा अधिवेशनलाई जिल्ला सभापति मल्ल समूहले बहिस्कार गरेको छ । उक्त समूहले बहिस्कार गरेपनि देउवा खेमाले एकलौटी रुपमा अधिवेशन शुरु गरेको एक जिल्ला नेताले जानकारी दिए ।

केहि वडामा भने अधिवेशन स्थगित भइसकेको छ । जिल्लाको अमरगढी नगरपालिकाका केहि वडा र परशुराम नगरपालिकाका केहि वडामा अधिवेशन रोकिएको छ । हालसम्म अमरगढीका २,५,६ र ८ नम्बर वडामा अधिवेशन स्थगित भइसकेको बताइएको छ ।

परशुराममा विवाद भइरहेको छ । यसै शुरु भएका वडाहरुमा कि त विवाद भइरहेको छ कि धेरै ठाँउमा देउवा समूहले एकलौटी गरेको आरोप छ ।

टिप्पणीहरू