स्रोत नखुलेको ११ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ११ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ११ लाख नेपाली रुपैंयासहित नागढुङ्गा चेक प्वाईन्टबाट १ जना भारतीय नागरिक समातिएका छन् । धादिङबाट काठमाडौँतर्फ आउदै गरेको बा ४ ख ४४५० नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा स्रोत किटान नभएको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिम वंगालस्थित हाउडा घर भएका १९ वर्षीय शोविक आदक रहेका छन् । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा शोविकलाई उक्त नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भारतीय नागरिक आदकलाई उक्त रकमसहित थप अनुसन्धानका लागि ललितपुरको हरिहरभवनस्थित सम्पत्ति शुद्धिकरण विभाग पठाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू