​हारेर चकित

स्थानीय निकायको चुनावमा नराम्ररी हारेको देखेर माओवादी केन्द्र आश्चर्यचकित भएको छ । वास्तवमा यो हार्नै नसकिने चुनाव हो । तर हारियो । कसरी हारियो होला ? यसपालीको चुनावमा आफूहरू कसरी नराम्ररी हारिएछ भन्ने बुझ्न माओवादी केन्द्रको विशेष बैठकै बसेछ । 

माओवादीको आन्तरिक विश्लेषणअनुसार यो चुनाव हार्नै नपर्ने हो । किनभने यतिबेला सरकारमा आफैँ । आफै प्रधानमन्त्री बनेर पहिलो चरणको चुनाव गरियो । त्यसमा हारियो । त्यसपछि आफू गृहमन्त्री बनेर दोश्रो चरणको चुनाव गरियो । त्यसमा पनि हारियो । त्यत्रो प्रहरी फोर्सको साथ थियो । अर्थ मन्त्रालय आफ्नै थियो । गृह मन्त्रालय आफ्नै थियो । नगर नगरका स्थानीय वाइसिएलहरूले सहयोग गरेकै थिए । गणना भइरहेको मतपत्रै च्यात्न परे पनि च्यातिएकै थियो । तर पनि ख्वै, चुनाव भने हारेको हा¥यै । यसरी त हार्नै नपर्ने हो । कसरी हारिएछ ? अहिले माओवादी पुलकित छ । हेरौँ, तेस्रो चरणको चुनाव हुञ्जेल हारको कारण पनि पत्ता लागिहाल्ला कि ?

टिप्पणीहरू