रामकुमारी उठ्ने गुल्मी कि काठमाडौँबाट ?

रामकुमारी उठ्ने गुल्मी कि काठमाडौँबाट ?

केही दिनपहिले नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एस जाने मनस्थिति बनाएका गुल्मीका कामरेडले फोनमा सोधेका थिए — हैन, तपाईं पत्रकारहरूको त नेतासँग प्रायः कुराकानी हुन्छ । हाम्री गुल्मेली चेली रामकुमारी झाँक्रीको काठमाडौंमा खुव चहलपहल छ ।

तर, जिल्ला त सुनसान भयो । झाँक्रीलाई गुल्मी नचाहिने रहेछ कि के हो ? म त समाजवादीका कसैले सम्पर्क नगरेपछि एमालेमै बस्ने भएँ । भेट भयो भने मेरो यो सन्देश झाँक्रीलाई सुनाइदिनुहोला ।

ती कमरेडको गुनासो आएको केही दिनमै नेकपा एसका एक नेताले सुनाए, माधव कमरेड आमचुनाव लड्न रौतहट जाने उहाँ लड्दै आउनुभएको काठमाडौं २ बाट रामकुमारी झाँक्री लड्ने मोटामोटी सहमति भएको छ ।

यी दुई फरक समयका सूचनाको पुष्ट्याइँ आवश्यक थियो । तर, त्यता जानुभन्दा अगाडि झाँक्रीको काठमाडौँ २ खोज्नु आवश्यक होला । झाँक्री गुल्मीको मदानेमा जन्मिइन् । त्यहीँ अखिलमा आबद्ध भइन् । अखिलको क्षेत्रीय कमिटीसम्म पुगिन् । ०५० मा प्रवेशिका पास हुनासाथ हान्निइन् काठमाडौं र पद्मकन्या कलेजमा राजनीति शुरु गरिन् । तर, संयोग पिकेमा अखिलले कहिल्यै धरौटीसमेत फिर्ता गर्न सकेन ।

उनका श्रीमान् धनकुटे भइहाले । हाल बसाइ काठमाडौंको संखमूलमा छ । उक्त स्थान पनि कांग्रेस नेता प्रकाशमान सिंहले निरन्तर जित्दै आएको क्षेत्र नम्बर १ मा पर्छ । कुनै कोणबाट पनि झाँक्रीको क्षेत्र नम्बर २ सँग साइनो देखिँदैन ।

यसैको पुष्ट्याइँका लागि जनआस्थाले झाँक्रीसँग सम्पर्क हुनासाथ सोध्यो, तपाईं काठमाडौं  २ बाट आमनिर्वाचन लड्ने कुरा कति सत्य हो, झाँक्रीको जवाफ छ, ‘अहिले नै को, कहाँबाट चुनाव लड्न भनेर बहस गर्ने बेलै भएको छैन । चुनाव हुने कहिले– कहिले चर्चा अहिले तर नेताहरू जो जहाँबाट पनि चुनाव लड्न तयार हुनुपर्छ ।’

टिप्पणीहरू