​हवाई सेक्टरमा हरिप ताल

हवाई विभागअन्तर्गत एफएसएसडी भ्रष्टाचारको अखडा बनेको छ । नेपाललाई कसरी ब्ल्याक लिष्टबाट हटाउने, हवाई सुरक्षा कसरी राम्रो बनाउने भन्नेतर्फ कुनै चासो छैन । पैसा खुवाउने एयरलाइन्सको काम छिटो हुने गरेको छ । पैसा नखुवाउनेलाई भोलि–पर्सि भन्दै झुलाउने गरिन्छ । श्री एयरलाइन्सको काम भनेपछि आँखा चिम्लेर गरिन्छ । उक्त एयरलाइन्सले यहाँका हाकिमको राम्रो हेरविचार गर्छन् ।

उक्त एयरलाइन्सले यहाँका हाकिमलाई आर्थिकदेखि विदेश भ्रमण, नेपालमै पनि खानपिन, भ्रमण, गाडी आदि सबैको राम्रो व्यवस्था मिलाएको छ । यस एयरलाइन्सले युएनमा काम गर्दा पनि करोडांै डलर विदेशी मुद्रा अपचलन गरी नेपालमा राजश्व छली गरेको छ । पाइलटहरूको विदेशमा गरिने ट्रेनिङको सर्टिफिकेटसम्म नक्कली बनाएर पेश गरिन्छ, तैपनि एफएसएसडी त्यसलाई आधार मानेर पाइलटहरूको लाइसेन्स जारी गर्छ । मिलेमतोमा यिनीहरूले युएनलाई पनि धेरैपटक झुक्याएका छन् ।

यसका लागि त्यहाँ काम गरेका सबै पाइलटको लाइसेन्स चेक गरे पुग्छ । धेरै पाइलटको तलब नदिने, तलब मागे फ्लाइटमा नपठाउने, जागिर छाड्न खोज्दा रिलिज लेटर नदिने, २०/२५ लाखको कागजमा एग्रिमेन्ट गराई वर्षांैसम्म कम तलबमा काम लगाउने गर्दा पनि एफएसएसडी मौन रहने गरेको छ । यसैगरी, एफएसएसडीले अडिट गर्दा रिक्वायरमेन्ट नै नपुगेकाहरूलाई पनि आर्थिक प्रभावमा परी एओसी रिनुवल गरिदिनेजस्ता घातक काममार्फत हवाई सुरक्षामा खेलवाड गरिरहेको छ ।

– सम्बन्धित सबै पक्ष 

टिप्पणीहरू