एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाका ७ जना समाजवादीतिर

एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाका ७ जना समाजवादीतिर

एमालेमा केपी ओलीका स्थायी बिरोधीको रूपमा चिनिएका रविन कोइरालाले आजीवन एमाले रहेकाहरुलाई छक्क पारिदिएका छन् । झापा १ बाट सम्विधानसभा सदस्य भइसकेका कोइरालालाई गत स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकामा मेयरका उम्मेदवार विष्णु प्रसाईंले हराएको भन्दै आइएको छ ।

सो प्रकरणमा कोइरालाको तीब्र आलोचना र कारबाही गर्ने तयारी समेत भयो । तर,त्यो विषय त्यत्तिकै तुहियो । अहिले उनै कोइराला ओली खेमातिर लागेका छन् ।

एक जना पुराना एमाले नेता भन्छन्, ‘आजीवन उनकै कारण पीडित भइयो । अब फेरि पेलानमा परिने सम्भावना बढ्यो ।”

यता एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाका एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु,झापा गाउँपालिका वडा सदस्य ईश्वरी दाहाल,शिवसतासी ७ का वडाअध्यक्ष नवीन इजम,मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन,अर्जुनधारा ६ का वडासदस्य अर्जुन मेचे,अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा समाजवादीतर्फ जनप्रतिनिधि शून्य बनाउन सबैतिरबाट सक्दो कोशिस भएको थियो ।

टिप्पणीहरू