२५ वर्षीयालाई २७ वर्षेले ढोका फोरेर जबरजस्ती

२५ वर्षीयालाई २७ वर्षेले ढोका फोरेर जबरजस्ती

बाजुरामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–७, जेठारीबाडा बस्ने २७ वर्षीय घमण्ड जेठारा हुन् ।

जेठाराले घरमा कोही नभएको अवस्थामा महिलाको घरको ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेका थिए ।

अभियुक्तलाई प्रहरीले आवश्यक कारबाहीको लागि कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू