​दाइलगत्तै भाइलाई दुःख

डिआइजी  नवराज सिलवालका भाइ महासेनानी सुदर्शन २ तारे जर्नेल हुने ट्रेनिङमा नाम ननिस्किएपछि तनावमा छन् । दाजुकी श्रीमती र रुक्मांगद कटवालकी बुहारी दिदी–बहिनी नाता परेको कारण गौरवसमशेर राणाको विदेश तालिमलगायत युद्ध भैरव भिभिआइपी सेक्युरिटीको कमाण्ड पाउनुपर्नेमा १ नम्बर भएर पनि सधँै नाम काटिएको पीडा भोगे पनि अहिलेका अहिलेका सेनापति छिमेकी भएकाले न्याय पाउने विश्वाससाथ बस्दाबस्दै छाँगाबाट खसेझैँ भए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा एडिसीको रूपमा खटिएकोमा अमिता कपालीको कारण फर्काइएका थिए ।

सासूचाहिँ जहिले पनि मेरो ज्वाइँ चिफ हुनुहुन्छ भन्ने, छोरी पनि मेरो राजा चिफ हुनुहुन्छ अनि मैले जानेको छु भन्दै आफन्त र छिमेकीको कान पकाइसकेकी, वीरगञ्जिया, ऋणमा डुबेर घिटिघिटी भएका साहेबज्यूकी बुहारी सोनी शाहको हर्कत पनि हेरिनसक्नुको छ । बिग्रेको रेडियोझैं अति बोलिरहने निजको क्रियाकलापले श्रीमान् प्रसे विश्वासविक्रम शाहलाई अफ्ठ्यारो परेको छ । भूकम्पको बेला विदेशबाट पीडितलाई आएको त्यत्रो चामल, पाल, जेनेरेटर र कम्बल राति–राति ११ खेप ड्राइभर खिलमानसँग काठमाडौं पठाएर बिक्री गरेकोमा छानबिन त परै जाओस् उल्टो तक्मा पाएको देखेर बर्दबहादुर गणका सबैजना तीन चित परेका छन् । युएन मिसनमा सबैभन्दा राम्रो ठाउँ हाइटी मिसन गएर ६० लाख हात पारे पनि भूकम्पबाट मेरो हात्तीवनको फ्ल्याट भत्किएर आर्थिक नोक्सानी भयो भन्ने निवेदन लेखी प्रधानसेनापतिलाई सबैभन्दा आकर्षण ठाउँ कंगोमा अब्जर्भर दिन किचकिच गर्दै, फ्ल्याटमा भूकम्पको साधारण असर परेपछि बिक्रेता मारबाडीलाई थर्काएर उल्टो नाफा गरेको सोधखोज गर्दा छर्लंग हुन्छ ।

सेनाबाट नक्कली सर्टिफिकेट काण्ड लागेर बर्खास्ती र पेन्सनबाट समेत वञ्चित भएका जर्नेल हेम खत्रीकी छोरीको गत साता सुटुक्क सेनाकै डाक्टरसँग बिहे भएको छ । कार्की क्याटरिङमा भएको भोजमा बहालवालाको ज्यादै न्यून उपस्थिति थियो । सेनामा झण्डै ३५ वर्ष सेवा गरेबापत पाउनुुपर्ने सबै सुविधाबाट वञ्चित उनलाई गौरवसम्शेरले ठूलो अन्याय गरेको चर्चा छ ।

टिप्पणीहरू