​विराटनगरमा अन्तर्घातको विवरण

विराटनगरमा महेश आचार्य धर्ना कसेर बसेका छन् । उनले कार्यकर्तासँग भन्ने गरेका छन्, ‘कांग्रेसमा यसपटक गज्जबको अन्तर्घात भयो । संसदीय क्षेत्र नं. ५ अमृत अर्यालको ठाउँ हो, त्यहाँबाट अपेक्षाकृत मत आएन । वडा नम्बर १ देखि ४ सम्म पञ्चायतकालदेखि नै कांग्रेसको गढ हो तर त्यहाँबाट पनि सोचेजस्तो मत झरेन । त्यहाँबाट कांग्रेसलाई सोचेजस्तो मत नखस्नु, पुरानो कांग्रेसी किल्ला कमजोर देखिनुले सीधा अन्तर्घातको संकेत गरेको निश्कर्षमा महेश आचार्य र मीनेन्द्र रिजाल पुगेको बताइन्छ । 

मध्यबजार र मधेसीबहुल क्षेत्रको मतगणना बाँकी नै छ । घना शहरमा मारवाडी समुदायको पकड छ । पहिले कांग्रेसलाई सहयोग गर्दै आएका मोती दुगडहरु एमालेमा पसेका छन् । पहिले तिनको प्रभावमा रहेको मत कांग्रेसलाई जान्थ्यो । मारवाडीहरु कांग्रेससँग बिच्किएका छन् । कांग्रेसको भोट राप्रपाबाट उठेका प्रताप साहले काट्दै छन् । विशेषगरी कांग्रेसलाई खस्ने मधेसी मत साहको पोल्टामा पर्ने अनुमान गरिएको छ । यसरी हेर्दा विराटनगरमा सानो मतले मात्र हारजित हुँदैछ ।

टिप्पणीहरू