विद्यार्थीको ध्यान पढ्नमा होइन, रोक्नमा

विद्यार्थीको ध्यान पढ्नमा होइन, रोक्नमा

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले दशैँअघि कुनै हालतमा परीक्षा सञ्चालन गर्न नहुने माग राखेका छन् । त्रिभुवन विश्वविद्यालय,व्यवस्थापन संकायको केन्द्रीय विभाग र शंकरदेव क्यापसमा अध्ययनरत एमबीएसका विद्यार्थीले परीक्षा रोक्न दबाब दिएका हुन् ।

व्यवस्थापन डीनको कार्यालय पुगेका अन्दाजी तीन दर्जनको समूहले उक्त माग गरेको हो । डिन प्राध्यापक डा. डिल्लीराज शर्मासँगको छलफलमा उनीहरुले एमबीएस दोस्रो सेमेष्टरको परीक्षा दशैँअगावै सञ्चालन गर्न नहुने र गरेमा आन्दोलन गर्ने चेतावनी दिइएको बुझिएको छ ।

छलफलमा डिनले कोभिडका कारण शैक्षिक तालिका खल्बलिएकोतर्फ ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको विश्वविद्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू