मान्छे बोक्ने टेम्पोले लागुऔषध ओसार्न थाले

मान्छे बोक्ने टेम्पोले लागुऔषध ओसार्न थाले

मोरङमा एउटा टेम्पोबाट प्रहरीले १५ सय ट्याब्लेट लागूऔषध बरामद गरेको छ । टेम्पोमा यात्रारत दुई जनाले उक्त लागुपदार्थ लुकाइछिपाई बिक्री गर्न लगेको आशंकामा बरामद गरिएको बताइएको छ ।

स्थानीय रतुवामाई नगरपालिका–२, घरु चोकमा मे. १ ह ३१७२ नम्बरको टेम्पोलाई चेक जाँच गर्दा ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोलसहित उर्लाबारी नगरपालिका–५ का २३ वर्षीय समिर मगरसहित अन्य दुई जनालाई प्रहरीले हिरासतमा लिएको हो ।

टिप्पणीहरू