काँग्रेस कार्यालयमा दलितको बिरोध

काँग्रेस कार्यालयमा दलितको बिरोध

नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा नेपाल दलित संघले बिरोध प्रदर्शन गर्दै धर्ना दिएको छ । नेपाल दलित संघ, जिल्ला कार्यसमिति काठमाडौँले उक्त बिरोध प्रदर्शनको आयोजना गरेको हो ।

नेपाल दलित संघका अध्यक्ष गंगा सुनारको नेतृत्वमा बिरोध कार्यक्रम भएको बताइएको छ । काँग्रेसको असमावेशी निर्वाचन निर्देशिका तथा अनुसूचीमा कटौती भएका दलित अधिकार पुनःस्थापना गर्नको लागि बिरोध कार्यक्रम सञ्चालन गरेको संघले जनाएको छ ।

कार्यक्रममा झण्डै एक दर्जन काँग्रेसीको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू